६ बैशाख २०८१, बिहिबार

बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो


bidhya-bhandari

९ जेठ, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ ।

सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो ।

सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ ।

गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पूर्णप्रसाद न्यौपानले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !