१२ बैशाख २०८१, बुधबार

मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत


Narayan-Man-Bijukchhe

भक्तपुर, ६ जेठ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विधेयकका बारेमा विभिन्न देशका नीतिबारे जानकारी लिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेताहरुको अदूरदर्शी सोच नियन्त्रण गर्न नसक्दा देशमा सङ्घीयता कार्यान्वयनमा जटिलता देखापरेको बताउनुभयो । उहाँले मुख्यमन्त्रीले विगतमा गरेको सङ्घीयताका बारे हस्ताक्षर नबुझेरै गरेको व्यवहारले प्रस्ट्याएको जिकिर गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !