११ बैशाख २०८१, मंगलबार

इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको निधन


रिदेन महर्जन, काठमाडौं । इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको छ ।

ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक बिपिन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव सम्बन्धी रोगबाट मृत्यु भएको हो । ज्यापू महागुथिको अध्यक्षको जिम्मेवारी लिई ज्यापू जातिको नेतृत्व गर्नुका साथै उहाँ वामपन्थी नेता पनि हुनुहुन्छ ।

वि.सं.२०६४ सालको चुनावमा काठमाडौं ५ न क्षेत्रबाट तत्कालीन नेकपा माओबादी पार्टी तर्फबाट संबिधानसभाको सांसद पदमा उठ्नु भएको थियो ।

उनका बुद्ध उपदेश र नेपाली समाजका कथा, नेपाल भाषाको ‘नेपाः व नेवाः समाज छगू म्हसिका’, ‘मां पितब्यूम्ह काय्’ (नौ वटा संग्रहित कथा) लगायतका पुस्तक प्रकाशित भएका छन् भने नेपाली ऐतिहासिक पुस्तक ‘‘इतिहासबाट सिक्दै क्रान्तिमा’ अप्रकाशित रहेका छन् । समाज सुधारक तथा प्रगतिशिल बिचारधाराका ब्यक्तित्व बिपेन्द्र महर्जनको तीन छोरा दुइ छोरीहरु छन् ।

विगत लामो समय देखि राज्य स्तरबाट शोषित उत्पीडितमा पारेका नेपाली तथा आदिबासी जनताहरुको आवाज बुलन्द बनाउनका अनुसन्धानात्मक लेखहरु विभिन्न पत्र पत्रिकामा प्रकाशन गर्दै आउनु भएको थियो । आदिवासी, जनजातीहरुको साँस्कृतिक क्षेत्रमा आएको विचलन र बिकृतिका विषयमा उहाँले सय भन्दा धेरै लेखहरु प्रकाशन गरिसक्नु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !