७ बैशाख २०८१, शुक्रबार

गाउँसभाबाट २१ वटा कानून अनुमोदन


law

खलङ्गा, २९ वैशाख । जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो । बजार अनुगमन निर्देशिका, पूर्वाधार व्यवस्थापन ऐन, स्थानीय शिक्षा ऐन र सहकारी ऐनि २०७६ लगायत २१ कानून गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

गाउँसभाबाट आवश्यक पर्ने कानून अनुमोदन भएकाले काम गर्न सहज हुने उहाँको भनाइ छ । उहाँले आवश्यक कानून निर्माण भएकाले अब कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।
कानून नभएका कारण गाउँपालिकाबाट हुने विभिन्न काम रोकिएको भन्दै अधिकृत पदमबहादुर भण्डारीले अब काम गर्न सहज हुने बताउनुभयो । गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध भइसकेकाले भवन निर्माणको काम आउँदो आर्थिक वर्षबाट शुरु गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

यसैगरी धितालिही–जोडु भाँडगाउँ हुँदै चन्दननाथ नगरपालिकाको जातिभीडसम्म जोड्ने सडकको डिपिआर तयार गरी काम शुरु गर्ने गाउँपालिकाको बृहत् योजना रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !