११ बैशाख २०८१, मंगलबार

महासचिव विष्णु पाैडेलकाे जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन


काठमाडाैं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने बताएका हुन् । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

‘जसले ठगी गरेको छ, उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सुवर्ण समशेरको हकमा पनि त्यही लागु हुन्छ । उहाँहरुको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यति हो ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘मैले धेरै पटक सरकारको पोजिसन स्पष्ट पारेको छु । कोहीप्रति रिसइबी साँध्ने हिसाबले पुरातात्त्विक उत्खनन गरे जसरी विषय होइन । यो सुशासन र सुरक्षाभित्र पर्छ । यसमा चारतारे-लालतारे जो-कोही पर्नुभएको छ र तथ्य-प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन सक्दैनौँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !