८ बैशाख २०८१, शनिबार

रासपाद्वारा सरकार र सिके राउतवीचको ११ बुदे सहमति खारेज गर्न माग


rashtriya

२९ फागुन, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले हालै नेपाल सरकार र सिके राउतवीच भएको ११ बुदे सहमति खारेज गर्न माग गरेको छ ।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र सिके गठबन्धनवीच भएको सहमती जालझेलपूर्ण रहेको आरोप लगाउदै , राउत समर्थकको गतिबिधिले देशको अखण्डतामाथि गम्भिर समस्या आउन सक्ने सङ्केत देखा परेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

सहमतिको ठाडो उलङ्घन गरेर सिके राउत समर्थकले मधेस छुट्टै देश लेखिएको ब्यानर सहित नारा जुलुस लगाउनु जस्ता गतिबिधिले थप चिन्ता थपेको उक्त पार्टीले जनाएको छ ।

बिखण्डनकारीवीच भएको सहमतिले जनतामा व्यापक अन्यौलता र निराशा छाएकोले समस्या निम्तन सक्ने खतरा रहेको उल्लेख गर्दै सो सहमति खारेज गर्न पार्टीले सरकार समक्ष माग गरेका छन् । अन्यथा, यसले निम्त्याउन सक्ने दुषपरिणामको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

सहमतिपत्रको मसी सुक्न नपाउदै जनकपुरमा सिके समर्थकले देखाएको रवैया मुलुकको राष्ट्र अखण्डता, सार्वभौमिकता, राष्ट्र स्वतन्त्रता र एकताको बिरुद्धमा रहेकाले त्यस्ता गतिबिधी हुन नदिन समेत सरकारलाई ध्यानाकर्षण गर्दै, खुल्लेआम त्यस्ता गतिबिधिलाई नियन्त्रणमा लिन नसक्नु सरकारको ठुलो कमजोरी भएको समेत उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !