४ बैशाख २०८१, मंगलबार

फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रका केही लागि परेका छन्ः नेपाल


madhav_nepal

२० भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाक नेपाल आफैले बताउनु पर्ने बताएका छन् । उनले नेपाल आफैले फास्ट ट्रयाक बनाओस् भन्ने नचाहने तत्वहरु नेपाल भित्रै रहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रकै केही तत्व लागिपरेको आरोप समेत लगाए ।

‘भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन कांग्रेसभित्रका केही मानिस लागी रहेको देखिन्छ ।’ उनले भने,’ असी, पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्‍याएर दिन खोजियो ।’

अन्नपूर्ण पोष्टमा प्रकाशित अन्तरवार्तामा नेता नेपालले भने ‘ उसको सर्त अनुसार त्यो ट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैन । दश हजारको संख्यामा बाहन नचल्ने त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ ।’

उनले सुशील कोइरालाको नेतृत्व सरकारले जुन सर्तमा जुन कम्पनीलाई फास्ट ट्रयाक दिन खोज्यो त्यो पुरै देशको अहितमा रहेको बताए । नेता नेपालले भने,’ त्यसका देशलाई नै ध्वस्त पर्ने अकूत भ्ष्टाचार का योजना थिए । सुरुदेखि नै मैले त्यसको घोर विरोध गरे । हाम्रो पार्टीले पछि पनि त्यसको विरोध गर्‍यो । पछि केपी आनेलीजीले केही ढिला गरेर भए पनि सरकरारले नै त्यो बनाउने निर्णय गरे ।’

कांग्रेसका मन्त्रीहरुले भारतलाई फाष्ट ट्रयाक दिनपर्छ भने पनि अहिलेको प्रधानमन्त्रीले त्यसको नगर्ने नेता नेपालले बताए । उनले भने, ‘अहिलको प्रधानमन्त्री पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकोले अलिकति आशा जगाएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !