१३ बैशाख २०८१, बिहिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न रासपा,नेपालको माग


रुन्द्रजङ् पुलामी

२० माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले सरकारले हिजोदेखि लागु हुने गरी चर्को पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा गम्भिर ध्यानाकर्षण गरेको छ ।

पार्टीका संयोजक रुद्रजङ् पुलामीले एक प्रेस वक्तव्य जारी गर्दै सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पार्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै गम्भिर ध्यानाकर्षण गर्नुभएको छ ।

पटक-पटक मूल्यवृद्धि गर्नु, भ्रष्टाचार, अनियमितता, कालाबजारी जस्ता गतिविधिलाई सरकारी स्तरवाटै प्राथमिकता दिइनु, जनताका जनजीविकासँग जोडिएको दैनिकी उपभोग्य वस्तुलाई सर्वसुलभ तरिकावाट उपलब्ध गराउन नसक्नु वाम सरकारको दैनिकी वन्दै आएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

रासपा,नेपालले कमिशन आर्जन गर्ने उद्देश्य स्वरुप वृद्धि गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारलाई गम्भिर ध्यानाकर्षण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !