७ बैशाख २०८१, शुक्रबार

विभिन्न क्याम्पसअगाडि नेविसङ्घको विरोध


नेविसङ्घ

१३ माघ, काठमाडौँ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ । नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो ।

नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताउनुभयो । “काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति दिइएको छैन, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ”, उहाँले भन्नुभयो ।

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताउनुभयो । आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ । यसैबीच नेविसङ्घ, तरुण दल, महिला सङ्घले आज चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जनाएकका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !