७ बैशाख २०८१, शुक्रबार

फास्ट ट्रयाक भारतलाई नदिन प्रधानमन्त्रीलाई पार्टीको खबरदारी


Flag_of_the_Communist_Party_of_Nepal_(Maoist).svg

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ-काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ।

माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्।

राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्रीले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।

पार्टीका नेताहरुको निर्देशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिवद्धता व्यक्त गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !