१३ बैशाख २०८१, बिहिबार

नेविसंघ महाधिवेशनस्थलमा तनाव, निर्वाचन समितिले कार्यतालिका परिवर्तन


nebisangh-jhadap

काठमाडौं, ३० साउन– नेपाली कांग्रेसको भातृ संगठन नेवि संघभित्र प्रतिनिधि चयनका विषयमा विवाद हुँदा महाधिवेशन प्रतिनिधिहरुबीच तनाव उत्पन्न भएको छ । प्रतिनिधि तथा उम्मेद्वारहरुले प्रतिनिधि चयनका विषयमा विरोध गरेपछि नेविसंघको निर्वाचन समितिले कार्यतालिका परिवर्तन गरेको छ ।

यसअघि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता आज दिउँसो ३ः०० बजेदेखि ६ः०० बजेसम्म निर्धारण गरिएकोमा भोलि बिहान विहान ८ः०० बजेदेखि ११ः०० बजेसम्मको लागि सारिएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकराी दिए । विवादका कारण साउन ३२ गतेको लागि तय भएको निर्वाचन कार्यतालिका समेत प्रभावित हुने देखिएको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !