८ बैशाख २०८१, शनिबार

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा. कोइराला


shashanka

८ मङ्सिर, कावासोती । नेपाली काङ्गे्रसका महामन्त्री डा. शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।”

महामन्त्री डा कोइरालाले नेपालमा ६० प्रतिशत व्यक्ति ४० वर्षभन्दा कम उमेरका रहेको उल्लेख गर्दै राष्ट्रको उन्नति तथा विकासको काममा उनीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने चर्चा गर्दै उहाँले नवलपुरमा जिल्ला अस्पताल नभएकाले यसको स्थापना गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले जिल्ला समन्वय समितिलाई आवश्यक पर्ने कानुन, बजेट व्यवस्थापन र जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !