७ बैशाख २०८१, शुक्रबार

नेता नेपाल स्वदेश फिर्ता


Madhav kumar Nepal

५ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्कनुभएको छ ।

बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज फर्कनुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । नेपाल कात्तिक २९ गते बेलायत जानुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !