११ बैशाख २०८१, मंगलबार

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छ : देउवा


Sher Bahadur Deuwa

2018-11-19 19:27

विराटनगर, ३ मङ्सिर (रासस) ः नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पार्नुभयो ।

पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उहाँले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भन्नु्भयो । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !