सरकारले गर्न नसकेको काम लायन्स क्लबले गरेको छ : नेता भण्डारी

२२ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले गर्न नसकेको काम लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले गर्दै आएको बताएका छन् ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध तथा लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धद्वारा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा बोल्दै नेपाल सरकारले भन्दा राम्रो सामाजिक कार्यहरु गर्दै आएको बताएका हुन् ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले विभिन्न विकट क्षेत्रमा रक्तदान तथा मुटु रोगहरु सम्बन्धि निसुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको अध्यक्ष बिष्णु भण्डारीले बताए ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले भने, “देउसी भैलो कार्यक्रमवाट संकलन भएको रकम स्वास्थ्य सम्वन्धि निसुल्क स्वास्थ्य शिविरमा खर्च गर्नेछु ।”

देउसी भैलो कार्यक्रममा गायक तथा मोडेल मनिश श्रेष्ठको विशेष नेतृत्व रहेको थियो । साथै अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

माया लाग्छ निष्ठुरीको