८ बैशाख २०८१, शनिबार

सल्यानबाट टेक बहादुर बस्नेतलाई मन्त्री बनाउनुपर्ने अधिकाशको धारणा


Tek Bd. Basnet

बौद्धिक, सरल र निष्ठावान नेताका रुपमा कार्यकर्ता माझ परिचित टेक बहादुर बस्नेत सल्यान—१ बाट दुवै संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट विजयी सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बस्नेत माओवादीभित्र सैद्धान्तिक नेतामा गनिन्छन् । दुवै पटक चुनाव जितेका र युद्धकालमा पनि प्रभावकारी भूमिका निभाएका कारण ५१ वर्षीय बस्नेतलाई मन्त्री बनाउनैपर्ने अधिकाश माओवादी युवाहरु, कार्यकर्ताहरु र नेताहरुको आक्रोश बढेको छ ।

शिक्षक पेशा हुँदैं कम्युनिष्ट राजनीतिमा तानिएका बस्नेत कुनै समय माओवादी जनमुक्ति सेनामा कमिसारको भूमिकामा थिए । उनलाई सादा जीवन भएका नेताका रुपमा पनि युद्धकालमा चिनिन्थ्यो । जनमुक्ति सेनातर्फ उहाँ डिभिजनको कमिसारको जिम्मेवारी समेत बस्नेतले पुरा गर्नुभएको छ। तीन दर्जन हाराहारीका युद्ध मोर्चामा सहभागी हुनुभएका बस्नेत बेनी, अर्घाखाँची जस्ता ठूला लडाइँमा पनि भाग लिनुभएको थियो। वाणिज्य शास्त्रमा स्नातक तहसम्मको औपचारिक अध्ययन पुरा गर्नुभएका बस्नेत हाल माओवादीको सल्यान इन्चार्ज तथा राज्य समितिको सचिवालय सदस्य पनि हुनुहुन्छ।

नयाँ  मन्त्रीमण्डलमा सल्यानबाट प्रतिनिधित्व गर्ने बस्नेतलाई  मन्त्री बनाएमा पार्टीमा  बौद्धिकता, इमान्दारिता, निष्ठा र समर्पणको संचार गराउने माओवादीका कार्यकर्ताहरु  र नेताहरु बताउछन् ।  भौगोलिक रुपमा धेरै पिछाडिएको सल्यानबाट मरिचमान सिंह श्रेष्ठ पछाडि  कुनै मन्त्री भएका छैनन । सल्यानी जनताको चाहाना पनि यहि भएकोले सल्यानबाट प्रतिनिधित्व गर्ने सांसदले सरकारको कुनै मन्त्रालय सम्हाले जनयुद्धमा त्याग गरेका सल्यानीको न्याय हुनेछ ।

गणतन्त्र आएपछि सल्यानसंग सिमा जोडिएका रोल्पा, रुकुम र जाजरकोटबाट पटक पटक मन्त्रीमण्डलमा प्रतिनिधित्व भएता पनि सल्यानबाट कुनैपनि व्यक्ति मन्त्रि बन्न सकेका छैनन् । माओवादी केन्द्रको नेतृत्वमा गठन भईरहेको सरकारको सन्दर्भमा  सल्यानीको आशाको त्यान्द्रो पलाई मन्त्रालयको जिम्मा पाएमा सल्यानीको जिवनस्तरमा केहि न केहि परिवर्तन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !