१३ बैशाख २०८१, बिहिबार

प्रम प्रचण्डको सपथ आज, को–को बन्दैछन् मन्त्री ?


pm-prachanda

काठमाडौं, २० साउन–बुधबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिहिबार दिउँसो तीन बजे सपथ हुँदैछ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच प्रचण्डलाई बिहीवार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउने छिन् ।

मुलुकका विभिन्न पदमा आसीन उच्चपदस्थ व्यक्तित्व, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक पार्टीका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुख एवं प्रतिनिधि लगायतलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरिएको छ ।

मन्त्रीहरुको पनि सपथ
प्रचण्डसँगै केही मन्त्रीहरुको पनि सथप हुनेछ । नेताहरुका अनुसार आज कांग्रेस र माओवादी केन्द्रका एक–एक जना मन्त्रीहरुको सपथ हुने सम्भावना छ । दुई दलबीच भएको छलफलपछि माओवादीको तर्फबाट कृष्णबहादुर महरा र नेपाली कांग्रेसको तर्फबाट विमलेन्द्र निधिले मन्त्रीको सपथ खानेछन् । दलहरुबीच छलफल चलिरहेकाले दिउँसोसम्ममा अरु थप मन्त्रीको पनि सपथ हुने सम्भावना छ ।

कांग्रेस र माओवादीबीचको समझदारीअनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय सम्हाल्नेछन् ।

कांग्रेसले गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, खानेपानी तथा सरसफाइ, पर्यटनलयलगायत मन्त्रालय सम्हाल्ने छ ।

यस्तै माओवादीले अर्थ, सहरी विकास , सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, युवा तथा खेलकुद लगायतका मन्त्रालय लिने छ ।

दुई पार्टीबीच यसअघिको केपी ओलीले टुक्र्याएको मन्त्रालयलाई पुन गाभ्ने सहमति भएको छ भने केहि मन्त्रालय कसले लिने भन्नेमा छलफल चलिरहेको बताइएको छ ।

मन्त्रीमा क–कसको चर्चा ?
आज प्रचण्डसँगै महरा र निधिले सपथ खाने सम्भावना रहेपनि दुबै पार्टीले अरु मन्त्रीहरुको भने अन्तिम टुंगो लगाउन सकेका छैनन् । मन्त्रीमा धेरै नेताहरु आकांक्षी रहेकाले अन्तिम टुंगो लगाउन समस्या भएको हो ।

कांग्रेसबाट अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रमेश लेखक, बालकृष्ण खाँड, डा प्रकाशशरण महत, केशरकुमार बुढाथोकी, फर्मुल्लाह मन्सुर, नविन्द्रराज जोशी, राजन केसी, चन्द्र भण्डारी, कमला पन्त, हृदयराम थामी, रोमी गौचन थकाली, अर्जुन जोशी, उमेश श्रेष्ठ, मान बहादुर विश्वकर्मालगायत मन्त्री बन्ने चर्चा छ ।

यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की, प्रभु शाह , गिरिराजमणि पोखरेल, हितराज पाण्डेलगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रले बिहिबार बिहान बस्ने बैठकबाट मन्त्रीहरुको नाम टुंगो लगाउन प्रयास गर्ने छ ।

कांग्रेसमा भने रामचन्द्र पौडेल समुहले मन्त्री चयनमा उपयुक्त भाग आफूहरुलाई नदिइए आफ्नो तर्फबाट मन्त्री नै नहुने खुल्ला चेतावनी दिएपछि सभापति देउवा समस्यामा परेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !