६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री चयनका लागि बुधवार ११ बजे मतदान


BICC

काठमाडौं, १७ साउन — मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचनका लागि साउन १९ गते बुधवार बिहान ११ बजे संसदमा निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको सोमवार बसेको

बैठकमा सभामुख ओनसरी घर्तीले बुधवार बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमवार नै प्रकाशित गर्न सभामुख घर्तीले

संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।

संसद सचिवालय स्रोतका अनुसार मंगलवार दिउँसो प्रधानमन्त्रीका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । संसदको बैठकमा सभामुख घर्तीले बहुमतीय सरकार गठन आह्वान

सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएकी थिइन् ।संसदको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !