७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन संसद बैठक ३ बजे बस्दै


Prachanda

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहुमतको प्रधानमन्त्री बन्न आजदेखि व्यवस्थापिका संसदले प्रक्रिया सुरु गर्ने भएको छ।

बाधा अड्काउ फुकाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि नेपालको संविधानको धारा २९८ (२) अनुसार दिएको समयसीमा हिजो सकिएपछि प्रधानमन्त्री चयनको धारा २९८ (३) अनुसारको बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको हो।

व्यवस्थापिका–संसद्को बैठक सोमबार दिउँसो ३ बजे राखिएको छ। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आजको बैठकमा सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन्।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएका छन्। प्रतिपक्षमा रहने निर्णय गरेको नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ।

कांग्रेस र माओवादी केन्द्रको संयुक्त कार्यदलले सरकारको प्राथमिकता र संयुक्त नीति तथा कार्यक्रमका बारेमा आवश्यक गृहकार्य गरिरहेको छ भने आन्दोलनरतः मधेसवादी दल र गठबन्धनको संयुक्त कार्यदल पनि छलफलमा जुटिरहेका छन्।

राष्ट्रपति भण्डारीले आइतबार पनि प्रमुख दलका नेतालाई बोलाएर सहमतिका लागि अझै प्रयास गर्न आग्रह गरेकी थिइन्। राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताएका थिए। राससको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !