८ बैशाख २०८१, शनिबार

अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिक


ishor

१६ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवत्र्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताउनुभएको छ ।

गान्धीको १५० औँ जन्मजयन्ती तथा आहिंसा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको बताउनुभयो । गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्षधर व्यक्तिको नेताका रुपमा रहनुभएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “गान्धी केवल भारतको मात्र होइन, शान्ति र अहिंसाको पक्षमा रहेका विश्व मानव समुदायको नेता हुनुहुन्छ ।”

नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनमार्फत विश्व शान्तिमा आधारित भएको बताउँदै उहाँले गान्धीको शान्ति र अहिंसाको विचारसँग नेपालको परराष्ट्र नीतिका आधारभूत भावना मेल खान्छन् भन्नुभयो ।

शान्तिपूर्ण सङ्घर्षबाट आर्जित शक्तिले विश्वमा स्वतन्त्रता, न्याय र आत्मसम्मानको आन्दोलनमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै रक्षामन्त्री पोखरेलले शान्तिका पक्षमा उभिने विश्वका नेतामध्ये नेल्सन मण्डेला र मार्टिन लुथर किङ गान्धीको विचार र व्यवहारबाट प्रभावित भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीले विश्व समुदायलाई दिएको अहिंसा र शान्तिको विचारका कारण विश्वमा भारतको उचाइ बढेको बताउनुभयो । सो अवसरमा गान्धीको जीवनदर्शनसँग सम्बन्धी प्रदर्शनी र गान्धी भजन प्रस्तुत गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !