१३ बैशाख २०८१, बिहिबार

एकपटक पनि छलफल नगरी राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको समय सकियो


Bidhya-bhandari-with-top-leader Bidhya devi bhandair, Prachanda, Sher badhur deawa, kp sharma oli

काठमाडौं । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १० गते सोमबार राजनीतिक दलहरूका लागि सहमतिको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर राष्ट्रपतिले दिएको समयसीमा भित्र राजनीतिक दलहरू सहमतीय सरकार गठनका लागि एकदिन पनि छलफलमा जुटेनन् ।

बरू बहुमतीय सरकार गठनको गृहकार्य जारी रह्यो । यसै विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले अहिले नौ बजे प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि राष्ट्रपति कार्यालय बोलाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !