११ बैशाख २०८१, मंगलबार

एमाले प्रतिपक्षमा बस्ने


cpn_uml_party_office

काठमाडौं, १२ साउन –संसदको दोस्रो ठूलो दल एमाले अब प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रमुख दलहरुको दूरी बढेको अवस्थामा राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको सात दिनको समयमा त्यस्तो सरकार बन्ने कुनै सम्भावना छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सोमबार प्रमुख तीन दलका नेताहरुबीच राष्ट्रपति कार्यालयमा भेटघाट भएको थियो । त्यसपछि एमालेसँग दुई दलले सरकार निर्माण सम्बन्धमा कुनै छलफल गर्न चाहेका छैनन् ।

एमालेले पनि त्यसमा चासो दिएको छैन । ‘एमाले अब जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !