१२ बैशाख २०८१, बुधबार

सरकार परिर्वतन भएपनि सहकार्यमा असर पर्दैन : चीन


china flag

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्तरी छिमेकी चीनले नेपालमा सरकार परिवर्तन भएपनि सहकार्यमा असर नपर्ने बताएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले नेपालका नेताहरुले जनताको आकांक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थायित्वका मिलेर काम गर्ने आशा लिएको बताएको छ। ‘एक छिमेकी र मित्रका नाताले चीन नेपालका सबै पक्षले जनताको चाहनालाई पहिलो प्राथमिकतामा राखेर नेपालको स्थायित्व र विकासका लागि काम गर्ने आशा गर्छ’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपाल चीनबीचको सम्बन्ध गहिरो भएको भन्दै आन्तरिक र बाह्य परिस्थितिमा बदलाव आएपनि मित्रता र पारस्परिक सहयोगमा कुनै असर नपर्ने उल्लेख गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !