७ बैशाख २०८१, शुक्रबार

‘बाेल्न नसक्ने’ भन्दै सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित


lokman singh karki

व्यवस्थापिका संसद सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बैठकमा उपस्थित भएका छैनन्।

‘बिरामी भएको’ कारण देखाउँदै लोकमान बैठकमा नआएपछि उनीबिनै सुरू भएको हो ।

अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत अाठ जना कर्मचारी उपस्थित छन्। उनीहरूले ‘घाँटीमा समस्या देखिएपछि लोकमान नआएको’ बताएपछि उनीबिनै बैठक सुरू भएको हो।

समितिलाई लोकमानले पत्र पठाउँदै अाफू बोल्न नसक्ने जनाएका छन्। कर्मचारीले उक्त पत्र पढेर सुनाएका थिए। पत्रमा लोकमानले अाफूलाई चिकित्सकले एक साता अाैषधि खान सुझाव दिएकाले अाउन नसकेकाे उल्लेख गरेका छन्।

सुशासन समितिको गत शुक्रबार बसेको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेप र समग्र चिकित्सा क्षेत्र विकृतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नताबारे जवाफ आइतबार बैठक डाकेको थियो।

आइतबार सबै समितिहरूको बैठक स्थगित भएपछि मंगलबारका लागि सारिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !