८ बैशाख २०८१, शनिबार

जाँदा जाँदै विभिन्न व्यक्तिहरुलाई ६४ लाख रुपैयाँ बाँड्यो सरकारले


kp-oli

११ साउन, काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तिहरुकेा उपचारका लागि ६४ लाख रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमनत्री चन्दले सरकारबाट उपचार गर्न असार महिनामा पाँच लाख पाएका छन् ।

केपी ओली नेतृत्वको सररकाले आर्थिक वर्ष सकिने अन्तिम महिना असार महिनामा आफू निकट व्यक्ति र संघसंस्थालाई ठूलो मात्रामा आर्थिक सहायता दिएको आजको अन्नपूर्णमा समाचार छ ।

पूर्वप्रधानमन्त्री चन्दालाई स्वास्थ्य मन्त्रालयको सिफारि अनु्सार मन्त्रिपरिषदले निर्णय गरे अनुसार पाँच लाख रुपैयाँ उपचार खर्च निकासा गर्ने निर्णय गरिएको हो ।

यस्तै सरकारले एमाले निकट कानुन व्यवसायी संघलाई असार महिनामा पाँच लाख रुपैयाँ उपलव्ध गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !