७ बैशाख २०८१, शुक्रबार

सभामुख सत्तापक्षको इच्छा अनुसार अघि नबढ्ने, मुठभेडको खतरा


prachanda-and-onsari-gharti

काठमाडौं ४ साउन । सभामुख ओनसरी घर्ती अहिले तय भएको संसदीय कार्यसूचीबाट पछि नहट्ने भएकी छन् । पहिलो अविश्वासको प्रस्ताव पारित भएमात्रै बजेटसँग सम्बन्धित विधेयक अघि बढाउने उनको तयारी छ।

संसद्मा विचाराधीन विधेयक रोकेर अविश्वासको प्रस्ताव अघि बढाउने कदमबाट सभामुख ओनसरी घर्ती मगर विवादमा परिरहेका बेला उनले सत्तापक्षको माग अनुसार अघि नबढ्ने अडान लिएकी हुन । प्रधानमन्त्रीविरुद्ध गत २९ असारमा संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विनियोजन विधेयकका आश्रित विधेयकलाई सभामुख घर्ती मगरले रोकेको विषय विवादमा परेको हो ।

सभामुखले दलीय सहमति नभएकाले स्वविवेकमा आफूले अघि बढिसकेको विधेयक रोकेर अविश्वासको प्रस्ताव अघि बढाएको प्रस्टीकरण दिँदै आएकी छन् । बाणी बहसमा ऋषि धमलासँग कुरा गर्दै सभामुख घर्तीले आफु कुनैपनि दलको इच्छा अनुसार नचलेको र विगतका नजिर र कानुनलाई आधार मानेर अघि बढेको बताइन ।

स्थापित मूल्य, मान्यता र विगतको अभ्यासबमोजिम आफूले स्वविवेकीय निर्णयमा अविश्वासको प्रस्ताव अघि बढाएको सभामुख घर्तीमगरको दावी छ । सभामुखको अडानसँर्ग एमालेले संसद अवरुद्ध गर्ने तयारी गरेपछि संसदमा मुठभेड निम्तिने खतरा बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !