११ बैशाख २०८१, मंगलबार

आदित्य विलक्षण हुन्, एक करोड दिनु औचित्यपूर्ण छ : प्रम केपी ओली


kp-oli

काठमाडौँ, २ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाललाई दिइएको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको बताएका छन् । ओलीले सो निर्णय आफू एक्लैको नभएर शेरबहादुर देउवा र प्रचण्डको आग्रहमा दाहाललाई मन्त्रिपरिषदले १ करोड दिने निर्णय गरेको तर्क गरेका छन् ।

नेपाल टेलिभिजनमा ‘सिधा कुरा पीएमसँग’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा प्रस्ट पारेका हुन् । आदित्य दाहाललाई धेरै मान्छेहरू गुगल ब्याईका नामले समेत चिन्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘गुगल ब्वाइ’को मुक्तकण्ठले प्रशंसा गर्दै उनमा दैवी शक्ति रहेको बताए । ओलीले भने, ‘आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक् त्यसलाई के नाम दिने ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !