७ बैशाख २०८१, शुक्रबार

आफ्नो सरकार ‘कसैको आशिर्वादमा नबनेको’ हतार गर्नेलाई पाप लाग्ला है : प्र.म अोली


kp oli

२१ असार, २०७३:-‘छेउछाउमा बसेर सरकार ढले हुन्थ्यो भन्नेहरु नभएका होइनन्, तर यो जति जनताले मन पराएको, जनताले प्रेम गरेको, जनताको माया गरेको र यति जनताको आर्शिवाद प्राप्त भएको सरकार, मैले ५०–५१ वर्ष राजनीति गर्दा देखेको छैन, भेटेको छैन,’ प्रधानमन्त्रीले भने, ‘मैले एक गायकले गाएको सुन्थें ‘भन्दै गर अन्तिममा पाप लाग्ला है…’, म भन्न चाहन्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला है फेरि चुनाव आउँछ, जनताले हेरिरहेका छन् ।’

नेपाल परीवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन समुदधाटन कार्यक्रममा बोल्दै, प्रधानमन्त्रीले मुलुकलाई स्थिरतातिर लैजाँदै दलहरुले मिलेर काम गर्नुपर्ने बेला आएको बताए । ‘सरकार बहुमतबाट बनेको हो, यस सरकारलाई अझै व्यापक बनाउन कोसिस गरेका छौं,’ उनले भने, ‘जहाँबाट सहमति टुटेको हो त्यहीबाट सुरु गर्न लाग्दैछौं ।’

प्रधानमन्त्रीले आफ्नो सरकार ‘कसैको आशिर्वादमा नबनेको’ उल्लेख गर्दै सरकार ढाल्ने प्रयत्न नगर्न आग्रह गरे । ‘कसैले सरकारका बारेमा के भन्छ, कसैले सरकारका बारेमा कसो भन्छ, म तपाईंहरुलाई निवेदन गर्न चाहन्छु अहिले विभिन्न कुरा गर्नेहरुको आशिर्वादमा भनेको होइन, जनताको आर्शिवादमा बनेको हो,’ उनको भनाइ थियो, ‘समयको मागअनुसार बनेको हो ।’

मधेसवादी दलहरुप्रति लक्षित गर्दै प्रधानमन्त्रीले आन्दोलन छाडेर विकासमा सहयोगी बन्न अपिल गरे । ‘कसै कसैलाई कतिबेर आन्दोलन गर्ने भन्ने पनि ख्याल छैन,’ उनले भने, ‘आन्दोलन गर्नेबेलामा आन्दोलन गर्ने, विकास गर्ने बेलामा विकास गर्नुपर्‍यो । आन्दोलनका उपलब्धी संस्थागतपछि के आन्दोलन ? अब त विकासतिर लाग्नुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !