१२ बैशाख २०८१, बुधबार

सरकार परीवर्तनको खेलले मुलुक दुर्घटनामा पर्ने संकेत : नेतृ सुजाता कोइराला


Sujata-Koirala

२० असार, २०७३:- काठमाडौ, रिपोर्टर्स क्लवमा सोमबार आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै कांग्रेस नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छन् ।

‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन,’ कोइरालाले भनिन्, ‘त्यो आफ्नै लागि घातक हुन्छ ।’ कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराइन् ।

सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै कोइरालाले अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिइन् । ‘

प्रधानमन्त्री ओलीको योजनाले जनतामा उत्साह ल्याएको बताउँदै कोइरालाले कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले ब्यक्त गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !