१३ बैशाख २०८१, बिहिबार

सरकार परिवर्तन गर्ने दाउमा कांग्रेस र नेकपा माओवादी, चेपुवामा प्र.म अोली


kp-prachanda-deuba

१६ असार, २०७३:- वर्तमान सरकार एव्म प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी र क्रांग्रेसका नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन् ।

स्रोतका अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएपछि कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य थालेका हुन् । उनी कांग्रेससँग विश्वासको वातावरण बनाउन जुटेका छन् । असार ७ मा कांग्रेस सभापति शेरबहादुर देउवाले भेटदा दाहालले बजेट पारित भएपछि सरकारको विकल्प खोज्न आफू तयार रहेको बताएका थिए।

सत्तारूढ मुख्य घटक एमालेका नेताले वैशाख २३ गते दाहाल निवास लाजिम्पाटको भेटवार्तामा जेठ मसान्तसम्म पर्खन दाहाललाई आग्रह गरेको चर्चामा आएको थियो । फेरि एमालेसँग जेठ अन्तिममा छलफल गर्दा बजेट अनुमोदनलगायत कारणले असार १५ सम्म पर्खन आग्रह गरेको माओवादी नेताहरूको भनाइ छ । ‘उहाँहरूले माओवादीसित कुरा गर्दा बुधबार (असार १५) सम्मको समयसीमा माग्नुभएको हो,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार भने, ‘भोलि (बिहीबार) देखि हामी एमालेसँग कुनै पनि खाले सम्झौताको बन्धनमा छैनौं, अब आफ्नै हिसाबले अगाडि बढ्छौं ।’

पुनले यसबीचमा कांग्रेससँग नयाँ सरकार समीकरणको सम्भावना र तयारीबारे अनौपचारिक तहमा निरन्तर कुराकानी भएको खुलाए । बुधबार बेलुकी बसेको माओवादी संसदीय दलको बैठकमा नयाँ सहमतीय सरकारको गठनबारे छलफल भएको छ ।

‘कांग्रेस सभापति देउवाले विश्वासको वातावरण बनाउन सरकार छाडेर आउन दाहाललाई आग्रह गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘विश्वासको वातावरण बन्यो भने अघिल्लो पटक भएको सहमतिलाई कार्यान्वयनमा लैजान सकिन्छ ।’ त्यतिबेला कांग्रेस र एमाओवादीबीच आलोपालो सरकार चलाउनेसहितको सातबुँदे समझदारी पत्रको मस्यौदा तयार भइसकेको थियो । पहिलो चरणमा दाहालले नेतृत्व लिने र निर्वाचन सरकारको नेतृत्व देउवाले गर्ने गरी मस्यौदा तयार गरिएको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !