काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश गरेको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो ।
प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ ।












