२९ मंसिर २०८२, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै


एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो ।

पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ । संशोधन प्रस्तावामा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ । साथै पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।

संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !