३ श्रावण २०८२, शनिबार

कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक


राज्य व्यवस्था समिति

काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनु अगावै माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा सभापति खतिवडासँग जवाफ मागेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् । खतिवडाले यसबारे सबैलाई जवाफ दिन बताएका थिए ।

समितिमा आज प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !