४ श्रावण २०८२, आइतबार

भिजिट भिसा प्रकरणमा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको हो ।

उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने बताइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्। उक्त समितिलाई ३० दिनको समयसीमा दिइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रतिपक्षी दलहरुले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !