
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
आज शुक्रबार राप्रपा र रास्वपाको विरोधकावीच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रष्टीकरण दिएका हुन् ।
उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे । उनले आफ्ना विरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक आक्रमण गर्न खोजेको बताए ।
आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे ।