५ असार २०८२, बिहीबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, गभर्नर नियुक्ति हुने सम्भावना


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार आज अपराह्न ५:३० बजे बस्नेगरी बैठक बोलाइएको छ ।

हिजो सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ । मंगलबार अपराह्न ४ बजेपछि उक्त बैठक बस्नेछ ।

यो बैठकले गभर्नरका लागि नाम सिफारिस गरेमा आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ । गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेपछि सिफारिसका आधारमा मन्त्रिपरिषदले गभर्नर नियुक्ति गर्नेछ।

आजै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो। गभर्नरमा सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !