५ असार २०८२, बिहीबार

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक


विष्णुप्रसाद पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक बोलाएका हुन् ।

समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे सदस्य छन् ।

आज मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो ।

उक्त कुराकानीपछि अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक बोलाएका हुन् । गभर्नरमा सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !