
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता भएको हो ।
आज भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको स्रोतले बताएको छ ।
गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ ।