
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र सच्याएर पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो ।
भर्खरै सर्वोच्चका एकजना अधिकारी र प्रहरी टोलीले सर्वोच्चको पत्र लिएर कारागार गएका छन् । मुद्दा महाशाखामा कार्यरत नासु ईश्वर उपाध्यायले सर्वोच्चको अर्को पत्र बोकेर कारागारतर्फ लागेका हुन् । उनीसँगै प्रहरीको टोली पनि कारागार गएको छ । सर्वोच्चको उक्त पत्र पुगेर सवै प्रक्रिया पुगेपछि चौधरी आजै रिहा हुने बताइएको छ ।