३ जेष्ठ २०८२, शुक्रबार

एमालेका रघुजी पन्त नयाँ शिक्षामन्त्री नियुक्त


रघुजी पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा एमालेले पन्तलाई मन्त्री बनाएको हो । शीतलनिवास स्रोतका अनुसार पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्री ओलीबाट असहयोग भएको, काम गर्न असहज भएको, स्वास्थ्यको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !