८ जेष्ठ २०८२, बिहीबार

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद


केपी शर्मा ओली र नरेन्द्र मोदी फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन् ।

जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । टेलिफोन गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !