३ जेष्ठ २०८२, शुक्रबार

नवराज सुवेदीको ‘नजरबन्द’ आजदेखि हट्यो


नवराज सुवेदी

काठमाडौँ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ । गत चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।

आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ ।

आफूकहाँ चैत १५ गतेबाट राखिएको प्रहरी निगरानी हटेको जनाएका छन् । उनले एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए ।

नवराज सुवेदीको ‘नजरबन्द’ आजदेखि हट्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !