३ जेष्ठ २०८२, शुक्रबार

कांग्रेसले भन्यो– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन


डा. प्रकाशशरण महत

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेजस्तो सरकार नढल्ने बताएको छ ।

आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनका अनुसार काँग्रेसले सरकारबारे प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको हो । महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएपनि त्यसै आधारमा सरकार नढल्ने बताए ।

उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए । कांग्रेसले गठबन्धनभित्र रहेका दलहरू बीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !