
भैरहवा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भैरहवा पुगेका छन् । जागरण अभियान अन्तगत रुपन्देही आएका अध्यक्ष प्रचण्ड आज बिहानै भैरहवामा मनिङ वाकमा निस्केका हुन् ।
माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू हिजो बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।
प्रचण्ड सहित टोली हिजो नवलपरासी हुँदै भैरहवामा आएको थियो । मर्निङ वाकमा प्रचण्डसँगै पूर्व राष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायतका केन्द्रीय नेताहरू पनि सहभागी थिए । प्रचण्डसहित केन्द्रीय नेताहरूको टोली आज रुपन्देहीका विभिन्न कार्यक्रम सहभागी हुँदैछ ।