१६ बैशाख २०८२, मंगलबार

ज्ञानेन्द्र शाहीलाई नालायक भन्दै बिष्णु रिमालले फर्काए जवाफ


विष्णु रिमाल

काठमाडौँ। सत्तारुढ दल नेकपा (एमाले) का नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै राप्रपाका प्रमुख सचेतक समेत रहेका सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले ‘मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन’ भनेर लेखेका छन् ।

हिजो आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि रिमालले शाहीको जवाफ फर्काएका हुन् ।

रिमालले काक्रा चोरहरूले पहिला काक्रा चोर्ने र खाने अनि पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन् भनेर एउटा व्यंग गरेका छन् । त्यस्तै उनले दलालहरूले पहिले दलाली गर्ने दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्ने अर्को टिप्पणी गरेका छन् ।

उनले डिसईन्फरमेसनको सहारामा संयोगवश मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै भएकोले यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँने भन्दै मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन तर कसले कहाँ के गर्दैछ भनेर समाचार त आएकै छ भनेर उनले लेखेका छन् ।

 विष्णु रिमाल

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइएको ज्ञानेन्द्र शाहीको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !