२ फाल्गुन २०८१, शुक्रबार

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दायर


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर भएको छ । रास्वपा सभापति लामिछानेविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । उक्त मुद्दामा लामिछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।

लामिछाने माघ १३ गते रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै उनलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

त्यस्तै लामिछाने यसअघि स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए । लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !