
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई दुई दिनदेखि रुघाखोकी लागेकाले काठमाडौं बाहिरका सबै कार्यक्रममा भर्चुअल सहभागिता जनाएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् । स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सक डा. दिब्या सिंह शाहको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीका चिकित्सक डा. शाहले प्रधानमन्त्रीमा रुघाखोकी लागेकाले घरमै आराम गर्न सुझाव दिएकी हुन् । शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् । आज उनको पाल्पामा तीन र रुपन्देहीमा एक कार्यक्रम तय भएका थिए ।