
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसको संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्ने भएको हो ।
संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संसद् बैठक आह्वान भएसँगै कांग्रेसले दलको बैठक बोलाएको हो । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।