
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् ।
आज बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेपछि सो रकम बुझाएर उनी रिहा भएका हुन् । पोखरेल गत पुस २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।
पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।