
बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी रहेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हाद कुमार योगीको इजलासमा आज लामिछानेको थुनछेक बयान जारी रहेको हो ।
हिजो लामिछानेको बयान मात्र सकिएकाले थुनछेक बहस आज सकिएर योगीकै इजलासले थुनछेक आदेश गर्नेछ । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमिततामा रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यसअघि उनी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।